सभामा हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले ५५ हजार २५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने र चुक्ता तथा जारी पूँजी वृद्धि गरी ३ करोड ३१ लाख ५० हजार पु¥याउने प्रस्ताव रहेको छ। यसका साथै, सभाले १० जिल्ला कार्यक्षेत्र रहेकोमा सुदूरपश्चिम प्रदेशभित्र कार्यक्षेत्र रहने गरी वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, विप्रेषण सम्बन्धी कार्य गर्ने उद्देश्य थप गर्न प्रबन्धपत्र संशोधन गर्ने र सञ्चालक समितिमा सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस ७ गतेदेखि २६ गतेसम्म शेयरधनी दर्ता पुस्तिका, शेयर नामसारी तथा दाखिल खारेज कार्य बन्द गर्नेछ।