सनराइज बैंकको ऋणपत्र बाँडफाँड

Dec 15, 2019 10:30 AM Merolagani

सनराइज बैंक (SRBL) ले कार्तिक २० गतेदेखि मंसिर १९ गतेसम्म बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट “१०.२५% सनराइज डिबेन्चर २०८३” बाँडफाँड गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले मंसिर २७ गते शुक्रबार रितिपूर्वक आवेदन दिने आवेदकलाई बाँडफाँड गरिएको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

सात वर्ष भुक्तानी अवधि भएको यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी पाउनेछन्। ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले न्युन कर्जा जोखिम ‘केयरएनपी ए–’ रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा जनाउँछ।

बैंकले निष्काशनमा ल्याएको एक हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटमध्ये एक अर्ब २० करोड रुपैयाँको १२ युनिट ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन गरिएको हो। बाँकी एक अर्ब ८० करोड रुपैयाँको १८ लाख युनिट ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संस्थागतहरुलाई बिक्री गरेको थियो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका हुन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।