सुन र चाँदीको भाउ बढ्यो

Dec 15, 2019 11:35 AM Merolagani

सुन र चाँदीको भाउ मंसिर २९ गते आइतबार फेरि बढेको छ। अघिल्लो दिन तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ आइतबार फेरि बढेको हो।

यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ७१ हजार २०० र तेजाबी सुन प्रतितोला ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

आइतबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ८४० रुपैयाँमा खरिद बिक्री भउको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।