इन्स्योरेन्सले आर्थक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत अर्थात ६ करोड १२ लाख ३६ हजार बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिको स्वीकृति पछि आगामी २२ औं साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रहेको छ । सञ्चालक समितिबाट प्रस्तावित ६ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ।
आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ मा १७ करोड १२ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरि वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७८ पैसा कायम गरेको थियो।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मुनाफाबाट भने चुक्ता पूँजी ९७ करोड ३० लाख रुपैयाँको ५ प्रतिशत बोनस प्रस्ताव वितरण गरेको थियो।