सामाजिक सुरक्षा कोषको निक्षेप लिन बैंकहरुले आजसम्म दरभाउपत्र बुझाउनुपर्ने

Dec 15, 2019 12:19 PM Merolagani

सामाजिक सुरक्षा कोषले मुद्दती खातामा निक्षेप राख्ने चाहेको पौने तीन अर्ब रुपैयाँ रकमका लागि राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले मंसिर २९ गते आइतबार (आज) दिउँसो २ बजेभित्र शिलबन्दी दरभाउपत्र बुझाउन सक्नेछन्।

निक्षेप लिन इच्छुक राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई कोषले आइतबार दिउँसो २ बजे भित्र कोष कार्यालय बबरमहल, काठमाडौंमा आइपुग्ने आवेदन आह्वान गरेको थियो।

सामाजिक सुरक्षा कोषले आफ्नो कोषको विशेष खातामा रहेको २ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ बराबरको रकम एक वर्षे मुद्दती खातामा राख्न लागेको हो।

इच्छुक तथा योग्य वाणिज्य बैंकले कोषबाट आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरेर आवेदन दिनु पर्नेछ।

शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको चुक्ता पूँजी पुगेको, पूँजी कोष अनुपात कायम गरेको, निष्कृष्य कर्जा, खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत भएको, सिसिडी रेसियो, तरल सम्पत्ति स्वदेशी मुद्रा निक्षेप कम्तिमा २० प्रतिशत भएको लगायतका शर्त कोषले राखेको छ।

 

 

यससँगै बैंकिङ्ग प्रणालीमा पौने तीन अर्ब तरलता थपिने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा विगस्तारै लगानीयोग्य रकम सहजतामा कठीनाई हुन थालेको यस समयमा कोषले राख्ने रकमले बैंकिङ्ग प्रणालीमा थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

२०७५ मंसिर ११ गते औपचारिक रुपमा उद्घाटन भएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुबाट जम्मा गर्न थालेको थियो।

कोषको लगानी कार्यविधी छलफलको क्रममा रहेकोले तत्काल संकलित रकम लगानी गर्ने अवस्था नरहेपछि मुद्दती निक्षेप राख्न लागेको हो। कोषमा मंसिर२६ गतेसम्म ७४ जिल्लाका ११ हजार ८०० रोजगारदाता कम्पनीका एक लाख ३१ हजार ६९२ योगदानकर्ताबाट २७ करोड १० लाख रुपैयाँ रकम संकलन गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।