हस्पिटल म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक मेडिकल रेकर्डका लागि डाँफे सफ्टवेयर

Dec 15, 2019 02:48 PM Merolagani

आइमार्क प्रा.लि ले सम्पूर्ण क्षेत्रमा डिजिटाईलेशन सेवा विस्तार गर्ने क्रममा हस्पिटल म्यानेजमेन्ट र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम डाँफे सफ्टवेयर प्याकेजको प्रयोग मेडिकल क्षेत्रमा बढ्न थालेको छ।

एक दशकदेखि भन्दालामो समयदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा डिजिटाईलेशनको काम गर्दै आएको आइमार्कको यस क्षेत्रमा बलियो पकड र पहिचान छ। साथै कम्पनीले स्वास्थ्य, शिक्षा, व्यवसायिक तथा व्यापार क्षेत्रमा उपयोग हुने सफ्टवेयरको विकास र बिक्री गर्दै आएको छ। 

डाँफे सफ्टवेयरको प्रयोगबाट पारदर्शी हस्पिटल म्यानेजमेन्ट, विरामीको मेडिकल इन्फरमेशन तथा सेवाग्राहीको गुणस्तरीय विकास हुनेमा डाँफे सफ्टवेयरका परिकल्पनाकार मध्ये एक डा. प्रभात अधिकारीले जानकारी दिए।
डाँफे इएमआरका संस्थापक तथा डोमन एक्सपर्ट अधिकारीका अनुसार सफ्टवेयर प्याकेजको प्रयोगले पुरा अस्पताललाई डिजिटलाइज गर्न सकिन्छ ।

डाँफेको सफ्टवेयरमा ३० मोडलहरुको विकास गरिएको छ । अस्पतालको सम्पूर्ण सेवा, डाक्टर, औषधि, ल्याब, लेखाका काम, आयस्रोतको रेकर्ड, रिर्पोट र अस्पतालमा हुने सम्पूर्ण चेकजाँजको विवरणहरु एकीकृत रुपमा डाँफे प्रणालीमा उपलब्ध हुनेछन् । ‘यसले हस्पिटलहरुलाई पेपरलेस बनाउन सहयोग पुर्याउनेछ भने विरामीलाई समेत कागजपत्र बोकेर हिडिरहनुपर्ने झन्झट रहँदैन ।’ अधिकारीले भने ।

यो प्रविधिले अस्पतालमा कार्यरत सम्पूर्ण डक्टर, नर्स, प्रशासकका साथै सेवालिनआउने सेवाग्राहीको समयको बचत तथा विरामीको डिजिटल रेकर्ड बस्ने भएकाले अस्पतालको दैनिककार्यमा सहजता हुनेछ ।

सेवाग्राहीको हिसाबले बुझ्दा डाक्टरको अपोइन्टमेन्ट, नामदर्ता, डाक्टर भेट्ने समय तालिका, डाक्टरको परामर्श, सल्लाह, उपचारको विवरण अस्पातलको रेकर्डमा बस्नेछ भने कतिपय सुविधा घरमै इन्टरनेटबाट उपलब्ध हुने पनिकम्पनीले जनाएको छ ।

विरामीको रेकर्ड अस्पतालमा रहने हुँदाअर्को पटक विरामी आउँदा विरामीको समस्या, उपचार, औषधिको प्रेस्पिक्सन सहज रुपमा देखिनेछ। यसले डाक्टरको उपचार प्रवृतिको विकासमा समेत टेवा पुर्याउछ ।

हाल डाँफे स्वफटवेयर काठमाडौं उपत्यका तथा बाहिरका डेढ दर्जन अस्पतालहरुले प्रयोग गर्दै आएका छन् । प्रयोगकर्ता अस्पतालको सन्तुष्टि नै कम्पनीको सम्पतिभएको डा. अधिकारीको भनाई छ । ती सबै अस्पतालहरुमा जाँदा बिरामीले सहजै आफ्नो मेडिकल हिस्ट्री र उपचार पद्धती र स्वास्थ्यको पछिल्लो अपडेट पाउछन् ।

शुक्रबारदेखि राजधानीमा सुरु भएको चौथो नेपाल मेडिकल एक्स्पोमा डाँफेले आफ्नो स्टल समेत राखेको छ। एक्स्पोमा विभिन्न अस्पतालजन्य सामग्री तथा उपकरणहरु राखिएको छ। एक्स्पो आइतबार सकिँदैछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।