मुक्तिनाथ र छिमेकको साधारण सभा आज

Dec 16, 2019 08:58 AM Merolagani

मुक्तिनाथ विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले आज (मंसिर ३० गते, सोमबार साधारण सभा आयोजना गर्दैछ।

मुक्तिनाथ विकास बैंक (MNBBL) ले पनि सामुहिक लगानी कोष स्थापना गरी कोष प्रवद्र्धकको कार्य गर्ने भएको छ। बैंकले मंसिर ३० गते आह्वान गरेको तेह्रौं वार्षिक साधारण सभाबाट संस्थाको उद्देश्य प्राप्त गर्न गरीने कार्यहरु थप गरी कोष प्रवद्धकको कार्य गर्न लागेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव राखेर शेयरधनीहरुलाई होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा पोखरामा साधारण सभा बोलाएको छ।

साधारण सभामा बैंकले हालै निष्काशन गरेको २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

हाल ३ अर्ब ६७ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ३ जना र सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्नेगरी २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ।

त्यसैगरी, सभामा बैंकले मर्जर तथा एक्वीजिसनको लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गर्न, सहमतिपत्रमा हस्ताक्षर गर्न राष्ट्र बैंकमा आवेदन दिन, तथा मुल्याँकनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

सभामा बैंकको अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत लैजादैँछ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २३ गतेदेखि बुकक्लोज गरेकोले मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

त्यसैगरी, छिमेक लघुवित्त (CBBL) ले लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ। साधारण सभाका लागि लघुवित्तले मंसिर ३० गतेको मिति तय गरेको हो।

लघुवित्तको साधारण सभा मकवानपुरको हेटौँडा स्थित होटल सामना प्रा.लि.को सभा हलमा बिहान १०ः३० बजे सुरु हुनेछ।

सभाले सञ्चालक समितिबाट सिफारिश भएको गत आर्थिक वर्षको नाफाबाट २७.११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले बोनस शेयरमा लाग्न कर समेत गरी हाल कायम चुक्ता पूँजीको १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा अन्य ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको एक वा एकभन्दा बढी लघुवित्तलाई प्राप्ती गर्ने कार्य अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ। लघुवित्तको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।