वाइवाइ चाउचाउको आईपीओ आउँछ : विनाेद चाैधरी

Dec 16, 2019 02:03 PM Merolagani

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले वाइवाइ चाउचाउको आईपीओ निकाल्ने बताएका छन्। पोखरामा जारी आइएमई लिटरेचर फेस्टिभलमा बोल्दै उनले वाइवाई चाउचाउको आईपीओ निकाल्ने बताएका हुन्।

वाइवाइ चाउचाउ विश्वभरी परिचत ब्राण्ड बन्ने क्रममा रहेको भन्दै उनले भने ‘वाइवाई कुनै दिन न्युयोर्क स्टकमा लिस्टेड होस्, नेपालको पहिलो कम्पनी न्युयोर्क स्टकमा लिस्टेड होस्, नेपालीहरुले सहभागिता जनाउन सकुन्।’

तर त्यसअघि वाइवाइ चाउचाउ नेपालको स्कट एक्सचेञ्जमामा सूचीकृत हुने बताए । 

‘४० वर्षको इतिहास भयो, संसारभर फैलाउने काम भैरहेको छ। ८० प्रतिशत विश्वको भुगोलमा पुगीसकेको छ ।’, चौधरीले भने । उनले नयाँ पुस्तालाई सकेसम्म आफैं उद्यमी बन्न र नसके उद्यमीसँगै लाग्न पनि आग्रह गरे ।

कार्यक्रममा वाइवाईले हालसालै मात्र कजाकस्तानबाट समेत उत्पादन सुरु गरेको र सो देशका प्रधानमन्त्री आएको तथा नेपाली झण्डा फहराएको समेत चौधरीले सुनाए। नेपाल, भातर र युरोपसम्म विस्तार भएको वाइवाइ उत्पादक चौधरी ग्रुपले १ करोड ५० लाख अमेरिकी डलरमा कजाकस्तानमा पनि प्लान्ट खरिद गरेपछि त्यहाँबाट पनि उत्पादन थालेको थियो।  

नेपालका एकमात्र ‘फोब्र्स’ सूचीकृत अर्बपति चौधरीले २०४१ सालमा थाइल्यान्डबाट अन्तराष्ट्रिय ब्रान्ड अधिकार सहित वाइवाइ भित्र्याएका हुन्। पछिल्लो समय नेपाल भारत लगायत अन्य राष्ट्रहरुमा गरी वाइवाई चाउचाउ उत्पादन प्लान्टको संख्या १७ पुगेको छ।

छिमेकी मुलुक भारत लगायत मध्यपूर्व युरोप, अफ्रिका, ल्याटीन अमेरीकामा वाईवाईको ब्राण्ड विस्तार गर्ने तयारी गरको छ।  बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा चौधरी ग्रुप रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।