अमेरिका-चीनको व्यापार सम्झौतासँगै एशियाली शेयर बजारमा उछाल

Dec 16, 2019 01:44 PM Agency

अमेरिका र चीनबीच प्रारम्भिक व्यापार वार्तामा सहमति भएको खबरसँगै अधिकांश एशियाली शेयर बजारमा वृद्धि देखिएको छ । सोमबार एशियाली शेयर बजार ८ महिनाकै उच्च बिन्दुमा पुगेको हो । 

दुई देशका बीच हाल पहिलो चरणको मात्र वार्ता सम्पन्न भएको हो । सम्झौता अनुसार, १६० अर्ब डलरको चिनीयाँ आयातित सामानमा अमेरिकी शुल्क वृद्धि स्थगित भएको छ । योसँगै चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करवृद्धि गर्ने योजना हाललाई स्थगित गरेको र अमेरिकामा निर्मित अटो र स्पेयर पाट्र्समा थप करवृद्धि स्थगित गरिएको चिनियाँ अर्थमन्त्राालयले जनाएको थियो ।

विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच विगत लामो समयदेखि जारी व्यापार युद्धले चर्काे रुप लिइरहेका बेला भएको यो सहमतिलाई ठूलो सफलताका रुपमा हेरिएको छ ।

योसँगै एशियाली शेयर बजारले सुधारको गति लिएको हो । सोमबार एशिया प्रशान्त शेयर ०.३५ प्रतिशतले बढेर ८ महिनायताकै उच्च बिन्दुमा पुगेको थियो ।

यसैगरी अस्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स २०० इन्डेक्स १.७४ प्रतिशतले बढेको थियो भने ताइवानको शेयरमा ०.२३ प्रतिशतको बढोत्तरी देखिएको थियो ।

व्यापार सम्झौताको संकेतसँगै चिनीयाँ लगानीकर्ता सबैभन्दा धेरै उत्साहित देखिए । शुक्रबार नै सम्झौता हुनसक्ने खबरबाट चीनको ब्लू चिप सीएसआई३०० इन्डेक्स २ प्रतिशतले सुधार भएको थियो ।

यसैगरी शुक्रबार नै जापानको निक्केई २२५ इन्डेक्स २.५५ प्रतिशतले बढेर १४ महिनाकै उच्च स्तरमा पुगेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारदेखि लागू हुने गरी स्मार्टफोन, लत्ताकपडा लगायत १ खर्ब ६० अर्ब डलर बराबरका चिनियाँ वस्तुमा १५ प्रतिशत अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । सोको प्रतिउत्तरमा चीनले पनि अमेरिकाबाट आयातित अटोमा २५ प्रतिशत र अटो पार्टसमा ५ प्रतिशत कर लगाउने बताएको थियो । यद्यपी पछिल्लो समय भएको सम्झौतालाई विश्व अर्थतन्त्रका लागि नै सकारात्मक मानिएको छ ।

अमेरिकाले २ खर्ब ५० अर्ब डलरका चिनियाँ सामग्रीमा २५ प्रतिशत भन्सार र १ खर्ब १० अर्ब डलरका सामग्रीमा १५ प्रतिशत शुल्क लगाउँदै आएको छ । अहिले दुई देशबीच जारी वार्ता भन्सार शुल्क घटाउनेमा केन्द्रित रहेको बताइएको छ । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।