नेपाल एसबिआई बैंकको २६ औं साधारण सभा सम्पन्न, १६.८४% लाभांश अनुमोदन

Dec 16, 2019 12:20 PM Merolagani

नेपाल एसबिआई बैंक (SBI) को मंसिर २९ गते आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश अनुमोदन गरेको छ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न साधारण सभाले शेयरधनीलाई चुक्ता पूँजीमा ६ प्रतिशत बोनस तथा १०.८४ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकले आ.व. २०७५/७६ मा ३१२.३९ करोड सञ्चालन मुनाफा र २२९.२५ करोड खुद मुनाफा हासिल गरेको थियो।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गरेको थियो। जस अनुसार मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले बैंकको लाभांश पाउनेछन्। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ छ। बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख पुग्नेछ।

त्यसैगरी बैंकले उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने गराउने सम्बन्धमा सम्पुर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ। 

साधारण सभामा बैंक आक्रमक नभई क्रमबद्ध प्रगतिमा विश्वास राख्दै शेयरधनीलाई धेरैभन्दा धेरै लाभांश वितरणमा केन्द्रीत हुने बताइयो। आगामी दिनमा बैंकले साना तथा मझौला ब्यवसाय विस्तारमा केन्द्रीत हुने रणनीति अख्तियारी गर्ने बताइएको छ ।

उक्त सभाले बैंकको आ.व. २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७६ को वासलात, आ.व. २०७५/७६ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो। 

यसैगरि साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त सधारणसभाले आ.व. २०७६/७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं. चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा-नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।