छिमेकको लाभांश पारित, मर्जरको तयारी थाल्ने

Dec 16, 2019 01:36 PM Merolagani

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने घोषणा गरेको ४४.३२ प्रतिशत लाभांश पारित गरेको छ। मंसिर ३० गते हेटौँडास्थित होटल सामना प्रा.लि.को सभा हलमा सम्पन्न वार्षिक साधारण सभाले सो लाभांश पारित गरेको हो।

सभाले सञ्चालक समितिबाट सिफरिश भएको गत आर्थिक वर्षको नाफाबाट २७.११ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि सहित गरी १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

त्यसैगरी, सभाले अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने सम्बन्धी सबै अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ।

हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

संस्थाले हालसम्ममा ६६ जिल्लामा १३६ वटा शाखामार्फत कुल ३ लाख ६९ हजार ६ सय ९४ जना महिला सदस्यहरुलाई लघुवित्तसेवा दिइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।