निर्जीवन बीमा कम्पनीकाे मुख्य कमाउने श्राेत माेटर बीमा, कूल बीमा शुल्कमा ४२.२८ प्रतिशत हिस्सा

Dec 16, 2019 06:03 PM Merolagani

चालू आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट मात्रै कूल बीमा शुल्कको ४२.२८ प्रतिशत अर्थात ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

यस्तै अग्नि बीमाबाट १ अर्ब ८५ करोड, विविधबाट १ अर्ब ६ करोड, सामुद्रिक बीमाबाट ७९ करोड, इन्जिनियरिङ बीमाबाट ६७ करोड र कृषि तथा बाली बीमाबाट ३९ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकाे छ ।

बीमा कम्पनीहरूले सबैभन्दा थोरै हवाई बीमाबाट ३६ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। 

चुक्ता पूँजी १५ अर्ब ९८ लाख रुपैयाँ रहेको निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ४० अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा ३ अर्ब १४ लाख रुपैयाँ नगद मौज्दातमा राखेकाे बीमा समितिको तथ्यांक छ।

यस अवधिमा कुल ४० हजार ७३४ बीमा दाबी परेको छ भने २८ हजार ६९९ दाबीवापत ३ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ। यस्तै ४३ हजार ९८३ दाबी वापत १२ अर्ब ४१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको समितिको तथ्यांक छ । यस अवधिमा २२२ दाबीमा मुद्धा परेको छ।

यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल ४ अर्ब २० करोड रुपैयाँ पुर्नबीमा शुल्क वापत भुक्तानी गरेका छन्। यस्तै पुर्नबीमा कमिशन वापत १ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेका छन्।

हाल सम्ममा बीमा समितिले निर्जीवन बीमातर्फ १४४ प्रकारका बीमालेखहरु प्रचलनमा ल्याएको छ।

कार्तिक मसान्त सम्ममा ८ लाख ४२ हजार ५८२ बीमालेख कायम रहेको बीमा समितिले जनाएको छ। निर्जीवन बीमा तर्फ ४ हजार ३७८ जना अभिकर्ता रहेको समितिको तथ्यांक छ।

कूल ९१६ कार्यालयहरु रहेको निर्जीवन बीमा कम्पनीहरुमा ४ हजार ८८४ जना कर्मचारीहरु कार्यरत छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।