एनएमबि बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा प्रवेश

Dec 16, 2019 06:05 PM Merolagani

एनएमबि बैंक (NMB) ले भिसा वल्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

भिसा सँगको यो विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्नेछ।

जसले मुलुकमा बैंकको बजार पहुँचलाई अझ विस्तार गर्नेछ। यस पश्चात एनएमबी बैंकका ग्राहकहरूले भिसा भुक्तानीका विकल्पहरूको पहुँच प्राप्त गर्दै बैंकको उक्त उपलब्धि बाट लाभन्वित हुन सक्नेछन्।

यो साझेदारीले एनएमबी बैंक र भिसालाई देशैभरि भिसाको स्वीकार्यता विस्तार गर्न अवसर प्रदान गर्नेछ। यो संरचनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भिजिट नेपाल २०२० अभियानमा स्विफ्ट भुक्तानी प्रक्रियामार्फत सहयोग पुग्नेछ, जहाँ ठूलो अनुपातमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ।

 

एनएमबी बैक र भिसाले भुक्तानी क्षेत्रमा सन् २०१२ देखि नै साझेदारी गर्दै आएका छन् । हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।