नेपाल फाइनान्सको धितोपत्र सूचीकरण स्थगन फुकुवा, मंगलबारदेखि कारोबार खुल्ने

Dec 16, 2019 06:38 PM Merolagani

नेपाल फाइनान्स लिमिटेड को २०७६ मंसिर ३० गते सोमबारदेखि धितोपत्र सूचीकरण स्थगन फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले समस्याग्रस्त संस्थाबाट मुक्त भएपछि फाइनान्सको धितोपत्रको कारोबार रोक्का गरेको ५ वर्षपछि खुला गरेको हो।

फाइनान्सको मंसिर २५ गते सम्पन्न सञ्चालक समितिले कारोबार फुकुवा गर्न अनुरोध गर्दै २०७६/७७ सम्मको धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाए पश्चात कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

यससँगै पुस १ गते मंगलबारदेखि फाइनान्सको नेप्सेमा शेयर कारोबार खुला हुने भएको छ।फाइनान्सको शेयरमा लगानी गरेर पाँच वर्षसम्म बन्धक भएको सम्पत्ति मंगलबारबाट खरीद बिक्री गर्न सक्ने भएका छन्।

काठमाण्डौं इञ्जिनियरिङ कलेज समुहका साथै स्थानीय व्यवसायीको इन्ट्रीसँगै फाइनान्स मंसिर २६ गते बिहीबारदेखि समस्याग्रस्त संस्थाबाट मुक्त भई ब्यवसायीक कारोबार थालेको थियो।

यसअघि नेपाल राष्ट्र बैंकले २०७१ मंसिर १७ गते फाइनान्सलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि फाइनान्सको व्यवसायीक कारोबार सबै रोकिएको थियो।

नेपाल राष्ट्र बैंकको २०७६ मंसिर २० गते सम्पन्न सञ्चालक समितिको बैठकले फाइनान्सलाई समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेसँगै फाइनान्स सञ्चालक समितिको बैठकले मंसिर २६ गते बिहीबारदेखि नियमित रुपमा ब्यवसायीक कारोबार थालेको हो।

केन्द्रीय बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते ६ महिनाभित्र तोकिएका वित्तीय सूचकलाई नियम अनुसार कायम गर्न निर्देशन दिएको थियो। तर, फाइनान्स समस्याग्रस्त संस्थाबाट बाहिर आउनका लागि ५ वर्ष लागेको हो।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार निक्षेप स्विकार गर्ने कर्जा प्रवाह गर्ने जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो।

राष्ट्र बैंकले फाइनान्सको २०७० पुस मसान्तसको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरेको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन अनुसार समस्याग्रस्त घोषणा गरेको थियो। सुपरिवेक्षकीय समायोजन पछि फाइनान्सको पूँजी कोष ४.३६ प्रतिशतले ऋणात्मक, निष्क्रिय कर्जा ५४.१८ प्रतिशत रहेको भेटिएपछि केन्द्रीय बैंकले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेका थियो।

साथै, २०७० असार मसान्तसम्म २२ करोड रुपैयाँ चुक्ता पुँजी र्पुयाउनु पर्नेमा १३ करोड ५८ लाख मात्र रहेको, फाइनान्सको संस्थाका संस्थापक एवम विगतमा लामो समयसम्म कार्यकारी प्रमूख रहेका रविचन्द्र प्रधान, निजको परिवार र निजसँग सम्बन्धीत व्यक्ति तथा संस्थाको नाममा ३६ प्रतिशत भन्दा धेरै शेयर स्वमीत्व रहेको थियो।

स्थलगत निरीक्षणमा संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी, वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाइ राष्ट्र बैंकको निर्देशन विपरीत प्राथमिक पूँजीको २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको लगायतका गम्भिर प्राकृतिक कैफियत भेटिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।