तीन कम्पनीको शेयरमूल्य समायोजन

Dec 17, 2019 08:11 AM Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यी ३ कम्पनीहरुको पुस १ गते मंगलबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

यी तीनैवटा कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले स्वाबलम्बन लघुवित्त (SWBBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ८१८ रुपैयाँ २५ पैसा कायम गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट २६ प्रतिशत बोनस शेयर तथा १४ प्रतिशत नगद लाभांश गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस २० गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा एलिस रिसेप्सन, गैह्रीधारामा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १ गतेदेखि बुकक्लोज गरेको हो। हाल स्वावलम्बन लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख रहेको छ। २६ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७९ करोड २३ लाख पुग्नेछ।

त्यसैगरी, नेप्सेले नेपाल एग्रो लघुवित्त (NAGRO) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६२६ रुपैयाँ ९ पैसा कायम गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट १५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस १२ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा सिटी स्क्वायर प्रा.लि., न्यूरोड, पोखरामा बिहान ९ बजे शुरु हुनेछ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १ गतेदेखि बुकक्लोज गरेको हो। कास्की जिल्लामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र पर्बतमा केन्द्रीय कार्यालय रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले असोज १७ गते पोखरामा आयोजित एक कार्यक्रमका बीच आपसमा गाभिनको लागि सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । तर, साधारण सभामा भने सो प्रस्ताव समावेश गरिएको छैन।

मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेप्सेले असोज २३ गते बिहीबारदेखि लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो

हाल नेपाल एग्रो लघुवित्तको चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ रहेकोमा गत वर्षको कमाइबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनसपश्चात पूँजी ५ करोड ७१ लख रुपैयाँ हाराहारी पुग्नेछ भने नेष्डो लघुवित्त हकप्रदपश्चात पूँजी १७ करोड रुपैयाँ पुग्नेछ। मर्जरपश्चात चुक्तापुँजी २३ करोड २२ लाख ४४ हजार ४७० सय कायम हुनेछ।

मंगलबार नेप्सेले श्री इन्भेष्टमेन्ट (SIFC) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १५१ रुपैयाँ ४४ पैसा कायम गरेको छ।

फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट २.३५ प्रतिशत बोनस शेयर तथा १०.६५ प्रतिशत नगद लाभांश गरि कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले पुस ११ गते २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा आम्रपाली बेक्वेंट भाटभटेनी काठमाण्डौमा विहान १० बजे शुरु हुनेछ।

साधारण सभा प्रयोजनको लागि फाइनान्सले पुस १ गतेदेखि बुकक्लोज गरेको हो। हाल ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनस पश्चात पूँजी ८२ करोड ९० लाख रुपैयाँ पुग्नेछ।

मंगलबार तीनवटै कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।