नेपाल एसबिआईले आजदेखि नगद लाभांश वितरण गर्ने

Dec 17, 2019 09:21 AM Merolagani

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले आज (पुस १ गते, मंगलबार) देखि नगद लाभांश आईपीएस मार्फत शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गर्ने भएको छ।

बैंकले गत मंसिर २९ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश जम्मा गर्न लागेको हो। सभाले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र १०.८४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले बुकक्लोज मितिसम्ममा अभौतिक शेयर धारण गरेको शेयरधनीहरुको बैंक खातामा सो नगद लाभांश जम्मा गर्न लागेको हो।

६ प्रतिशत बोनस शेयर भने नेप्सेमा सूचीकृत भएपश्चात शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ। बैंकको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्क लिमिटेड रहेको छ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गरेको थियो। जस अनुसार मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले बैंकको लाभांश पाउनेछन्। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ छ। बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख पुग्नेछ।

बैंकको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्क लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।