फाइनान्सको संचालक समितिको ४३७ औं बैठकले पुस २८ गते सोमबार दिउँसो १ बजे ज्यापू प्रज्ञा भवन ललितपुरमा २३ वार्षिक साधारण सभा आह्वान गरेको छ।
साधारण सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनमा जान आवश्यक प्रकृया पुर्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने तयारी छ। यस्तै फाइनान्सको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्नेछ।
सञ्चालक समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्त सम्मको वित्तीय अवस्थाको विवरण, नाफा-नोक्सान विवरण, नगद प्रवहा विवरण, इक्वीटीमा भएको परिवर्तनको विवरण आदि सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।
साधारण सभा प्रयोजनको लागि फाइनान्सले पुस २० गते देखि २८ गते सम्मको शेयर दाखिला खारेज गर्ने जनाएको छ। त्यस अनुसार पुस १७ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन्।