सिन्धु विकास बैंकको लाभांश घोषणा

Dec 17, 2019 04:50 PM Merolagani

सिन्धु विकास बैंक (SINDU) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १२.०९ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको पुस १ गते सम्पन्न २६८ औं बैठकले ११.५१३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल ५० करोड २७ हजार ३१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपश्चात ५५ करोड ७६ लाख पूँजी कायम हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ पश्चात एक वर्षपछि शेयरधनीलाई लाभांश वितरण गरेको हो । आर्थिक वर्ष २०७३/७४ मा बैंकले ५.९५ प्रतिशत बोनस शेयर र ०.३२ प्रतिशत नगद गरि कूल ६.२७ प्रतिशत लाभांश वितरण गरेको थियो।

सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट भने शेयरधनीलाई कुनैपनि लाभांश वितरण गरेको थिएन।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।