युनाइटेड मोदीको साधारण सभा आह्वान, लाभांश पारित गर्ने मुख्य एजेण्डा

Dec 18, 2019 08:28 AM Merolagani

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले लाभांश पारित गर्ने मुख्य एजेण्डासहित पुस २४ गते साधारण सभा आह्वान गरेको छ। सो सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको कर सहित कूल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा अन्य आयोजनामा लगानी गर्नुपरेमा छलफल गरी सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने र वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।