लक्ष्मी लघुवित्तको नगद लाभांश बैंक खातामा

Dec 18, 2019 08:43 AM Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ।

लघुवित्तले मंसिर १० गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो। लघुवित्तको मंसिर २० गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

साधारण सभाले अन्य इजाजत पत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ।

गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

२०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको वट्टारबाट लघुवित्त कारोवार सुरु गरेको लघुवित्तले ५२ जिल्लामा ६७ वटा शाखा कार्यालयहरु मार्फत ८३ हजार जनालाई सेवा दिँदै आएको छ।

त्यस्तै गरी संस्थाले ४ अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट एक अर्ब ४५ करोड रुपैयाँभन्दा बढी बचत संकलन पनि गरेको विज्ञप्तिमा उल्लेख छ।

लघुवित्तको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।