युनाइटेड इन्स्योरेन्सको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Dec 19, 2019 08:34 AM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले बिक्री नभएको दोस्रो पटक लिलामीमा ल्याएको डेढ लाख कित्ता संस्थापक समूहको शेयरमा आज (पुस ३ गते, बिहीबार) देखि आवेदन दिन सकिनेछ। कम्पनीले १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो।

इन्स्योरेन्सले गत मंसिर १० गतेदेखि १७ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत खरिद आह्वान गरेको १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सर्वसाधारण समूहको शेयरमध्ये संस्थापक समूहको शेयरमा आवेदन नपरेपछि पुनः लिलाम बिक्री गर्न लागेको हो। यसअघि इन्स्योरेन्सले विद्यमान संस्थापकहरुलाई सो संस्थापक शेयर खरिद गर्न आह्वान गरेको थियो। विद्यमान संस्थापकहरुको आवेदन नपरेपछि इन्स्योरेन्सले सर्वसाधारणमा सो शेयर बिक्री गर्न लागेको हो।

इन्स्योरेन्सले पूँजी वृद्धि गर्न गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता शेयरको अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

लिलामी शेयरमा लगानीकर्ताले पुस १० गतेसम्म बोलपत्र आवेदन पेश सक्नेछन्।

इन्स्योरेन्सको लिलामी शेयरमा लगानीकर्ताले एनएमबि क्यापिटल, तथा एनएमबि बैंकको तोकिएका १३ शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानीकर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने छ।

लगानीकर्ताले इन्स्योरेन्सको लिलामी शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।