विजय लघुवित्तको साधारण सभा आह्वान, यस्ता छन् मुख्य एजेण्डा

Dec 19, 2019 12:21 PM Merolagani

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले लाभांश अनुमोदन, हकप्रद निष्काशन र मर्जरलाई मुख्य एजेण्डा राखेर पुस २९ गते संस्थाको सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

लघुवित्तको सातौं वार्षिक साधारण सभा फेमेली जक्सन क्याफे एण्ड क्याटेरिड. सेन्टर काँग्रेस चोक, गैडाकोटमा बिहान ११ बजे शुरु हुनेछ। 

लघुवित्तले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी, सभामा चुक्ता पूँजीको शत प्रतिशत अर्थात एक बराबर एक शेयरको अनुपातमा २२ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत लैजाने भएको छ। 

हाल लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख रहेको छ। १५ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख पुग्नेछ भने हकप्रद पश्चात ४४ करोड ८० लाख रुपैयाँ पुग्नेछ।  सभामा अधिकृत पूँजी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत लैजाँदैछ। 

सभामा लघुवित्तले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बन्धि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत राखेको छ। 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १३ गतेदेखि साधारणसभासम्म् बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।