चार कम्पनीको शेयरमूल्य समायोजन

Dec 20, 2019 08:20 AM Merolagani

एनएमबि बैंक, एभरेष्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा चारवटै कम्पनीको पुस ४ गते शुक्रबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

यी चारवटै कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले एनएमबि (NMB) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३३२ रुपैयाँ २३ पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट २१ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित गरी १४ प्रतिशत नगद लाभांश गरि कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुस ४ गतेदेखि बुकक्लोज गरेको हो। ओम डेभलमेन्ट बैंकलाई असोज ११ गतेदेखि प्राप्ती गरि एकीकृत कारोबार थालेको एनएमबि बैंक बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ। २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ रुपैयाँ पुग्नेछ।

नेप्सेले एभरेष्ट (EBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४१ रुपैयाँ ९० पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित गरी २० प्रतिशत नगद लाभांश गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा लैनचौर ब्यांक्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुस ४ गतेदेखि बुकक्लोज गरेको हो। सभाले लाभांश वितरण गर्ने, ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

हाल ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ चुक्ता पूँजी रहेको बैंककले बोनस पश्चात ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८५२ रुपैयाँ पूँजी पुग्नेछ।

त्यसैगरी, नेप्सेले इन्फिनिटी लघुवित्त (ILBS) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१९ रुपैयाँ ९ पैसा कायम गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित गरी ५.७९ प्रतिशत नगद लाभांश गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा सहमति (संस्था) विजयचोक, नवलपुरमा बिहान ११ बजे शुरु हुनेछ।

यसका साथै, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथाव एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ८१ लाख पुग्नेछ।

त्यस्तै, नेप्सेले पोखरा फाइनान्स (PFL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १३७ रुपैयाँ ३८ पैसा कायम गरेको छ।

फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित गरी ७.२० प्रतिशत नगद लाभांश गरि कूल १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले पुस १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। फाइनान्सको तेइसौँ वार्षिक साधारण सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजेदेखि शुरु हुनेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

आइतबार यी चारवटै कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।