तीन कम्पनीको साधारण सभा आज

Dec 20, 2019 10:28 AM Merolagani

तीन कम्पनीहरुले आज (पुस ४ गते शुक्रबार) साधारण सभा आयोजना गर्दैछन्। गणपति माइक्रोफाइनान्स, रिडी हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सले यस दिन साधारण सभा बोलाएका हुन्।

गणपति माइक्रोफाइनान्स (GMFBS) ले लाभांश अनुमोदन र हकप्रद निष्काशन गर्ने प्रस्ताव राखेर पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको हो।

सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।

माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस पश्चात कायम हुने पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ शेयरको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने निर्णय गरेको थियो।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ। सोहि पूँजीबाट ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि माइक्रोफाइनान्सले मंसिर १८ गतेदेखि बुकक्लोज गरेको थियो।

रिडी हाइड्रोपावर (RHPC) ले आज पुस ४ गते १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाले सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश सहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १९ गते बुकक्लोज गरेको थियो।

युनियन इन्स्योरेन्सले आज रुपन्देहीको सिद्धार्थ नगरमा दोश्रो साधारण सभा आयोजना गर्दैछ। साधारण सभामा इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिबेदन तथा लेखा परीक्षणको प्रतिबेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र एनएफआरएस बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ।

बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पूँजी कायम गर्न इन्स्योरेन्सले संस्थापकहरुबाट एक अर्ब ५० करोड ५० लाख रुपैयाँ उठाइसकेको छ । जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणहरुबाट उठाउनुपर्ने भएकाले कम्पनीले चालु आर्थिक वर्ष भित्रै ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर जारी गर्न कम्पनीले रेटिङ्ग गराइसकेको छ भने बिक्री प्रबन्धकको नियुक्त गर्ने काम समेत सम्पन्न गरेको छ ।

आईपिओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।