सिभिल बैंक (CBL) का नवौँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर २३ गतेदेखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता किताब बन्द गरेको थियो। मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ।
त्यसैगरी, लक्ष्मी बैंक (LBL) को १९ औँ वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरीमा दिनको ठिक २ बजे शुरु हुनेछ। सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभाका लागि मंसिर २३ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो। यसअनुसार मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।
बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।