आँखुखोलाको साधारण सभा आह्वान

Dec 22, 2019 09:41 AM Merolagani

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले पुस २८ गते ११ औँ र १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको साधारण सभा नक्साल बैङक्वेट, नक्सालमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु रहेको छ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन शेयर दाखिल खारेज बन्द गर्ने भएको छ। पुस १६ गते बुधबारसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।