युनाइटेड फाइनान्सले लाभांश पारित गर्न बोलायो साधारण सभा

Dec 22, 2019 10:00 AM Merolagani

युनाइटेड फाइनान्स (UFL) ले लाभांश पारित गर्न पुस २९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कार्की बैंकेट, बबरमहलमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिबाट सिफारिस भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, भारतको मुत्तूट फाइनान्सबाट सञ्चालक समितिमा १ जना प्रतिनिधित्व रहनेबाहेक संस्थापक शेयरधनीको तर्फबाट ३ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस ९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश पाउन तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
एक अर्ब एक करोड ५ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रस्तावित तीन प्रतिशत बोनस पश्चात एक अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ पूँजी कायम हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।