हिमालय उर्जा विकास कम्पनीले लाभांश नबाँड्ने, साधारण सभा आह्वान

Dec 22, 2019 02:15 PM Merolagani

हिमालय उर्जा विकास कम्पनी (HURJA) ले लगानीकर्तालाई प्रतिफल वितरण नगर्ने भएको छ। पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बिना लाभांश पुस २५ गते गत दुई आर्थिक वर्षको एकैचोटी साधारण सभा आह्वान गरेको छ।

पुस २५ गते बानेश्वर ब्यांकेट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजे आह्वान गरिएको १८ औं र १९ औं वार्षिक साधारण सभामा ७ वटा समान्य प्रस्ताव मात्र समावेश गरिएको छ।

सभामा सञ्चालक समितिमा संस्थापक समूह र सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, सञ्चालकहरुको भत्ता अनुमोदन, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आव २०७४/७५ र ०७५/७६ को वासलात, नाफा-नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने लगायतका एजेण्डा राखिएका छन्।

रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजना र ७ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना निर्माण गरिरहेका यस कम्पनीले विद्युत उत्पादन नगरेकाले गत आवमा ५ लाख २२ हजार नोक्सानीमा रहेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ देखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।यसअनुसार पुस १० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

हिमालय ऊर्जा विकास कम्पनीले गत वर्षको चैत २० देखि २५ गतेसम्म १४ लाख ८५ हजार कित्ता प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा बिक्री गरि बैशाख ३ गते बाँडफाँड गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।