गणपति माइक्रोफाइनान्सको लाभांश पारित, भण्डारीको नेतृत्वमा नयाँ सञ्चालक समिति

Dec 22, 2019 03:18 PM Merolagani

गणपति माइक्रोफाइनान्स (GMFBS) को पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने लाभांश अनुमोदनका साथै नयाँ सञ्चालक समितिको चयन गरेको छ।

सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

त्यसैगरी साधारण सभाले शेयरधनीहरुलाई बोनस पश्चात कायम हुने पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ शेयरको अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ। सोहि पूँजीबाट ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

साधारणसभाले युवराज भण्डारीको नेतृत्वमा नयाँ सञ्चालक समितिको चयन गरेको छ। सभाले संस्थापक शेयरधनीको तर्फबाट भण्डारीलाई अध्यक्ष चयन गरेको छ भने दिनेश लाल श्रेष्ठ र इन्द्र बहादुर अधिकारीलाई सदस्य चयन गरेको छ।

त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सजाल मास्के र प्रकास खरेललाई सदस्य चयन गरेको हो।

सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि माइक्रोफाइनान्सले मंसिर १८ गतेदेखि बुकक्लोज गरेको थियो। यसअनुसार मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।