नागरिक लगानी कोषको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

Dec 23, 2019 08:52 AM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले लिलाम बिक्रीमा ल्याएको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयरमा आज (पुस ७ गते, सोमबार) अन्तिम दिन हो।

इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गरेको हो। इन्स्योरेन्सले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म सो शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको थियो।

बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कोषको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार ४९५ रुपैयाँ तोकिएको छ। त्यसअनुसार न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्नेछ। आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै अर्थात ५० हजार कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।