सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्त गर्ने प्रयोजनको लागि मर्जर समिति गठन गर्ने, सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १४ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। पुस १३ गते नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।