बैंकको साधारण सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे शुरु हुनेछ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षसम्मको मुनाफबाट ५ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि सहित गरी १५ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २३ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गर्नेछ। जसअनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
हाल २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ५ प्रतिशत बराबरको १२ करोड ९३ लाख ४८ हजार १७५ रुपैयाँ बोनस पश्चात २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ६८६ रुपैयाँ कायम हुनेछ।