सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रति शेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। यसका साथै, कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पूँजीमा लगानी गर्ने साथै विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर शेयरिङ्ग गर्ने प्रयोजन समेतको लागि अन्य सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको पुस १५ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ। पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा नगद लाभांश पाउनेछन्।