गुडविल, गुहेश्वरी र मञ्जुश्री फाइनान्सको साधारण सभा आह्वान

Dec 24, 2019 10:53 AM Merolagani

गुडविल फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स र मञ्जुश्री फाइनान्स लिमिटेडले एकै दिन साधारण सभा डाकेका छन्। यी तीनवटै फाइनान्स कम्पनीहरुको साधारण सभा पुस २९ गते हुनेछ।

गुडविल फाइनान्स (GFCL) को २५ औँ वार्षिक साधारण सभा गुडविल कम्प्लेक्स्, हात्तीसारमा बिहान ११ बजे शुरु हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, एक जना महिलासहित संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले पुस १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्नेछ। पुस १५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यता, गुहेश्वरी (GMFIL) को १८ औँ वार्षिक साधारण सभा गुहेश्वरी भवन, हरिहर भवनमा बिहान ११ बजे शुरु हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले पुस २२ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्नेछ। पुस २१ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, मञ्जुश्री फाइनान्स (MFIL) ले पनि सोही दिन थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजे १२ औँ वार्षिक साधारण सभा डाकेको छ। सभामा फाइनान्सले १.७५ प्रतिशत बोनस र ९.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। यसका साथै, सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि फाइनान्सले पुस १५ गते बुकक्लोज गर्नेछ। पुस १४ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।