क्रिष्टललाई प्राप्ती गर्ने प्रक्रियामा रहेको समृद्धि फाइनान्सले हकप्रद निष्कासन गर्ने

Dec 25, 2019 09:55 AM Merolagani

समस्याग्रस्त संस्था क्रिष्टल फाइनान्सलाई आफूमा गाभ्ने प्रक्रियामा रहेको समृद्धि फाइनान्स (SFCL) ले १२० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ।

पुस ८ गते बसेको फाइनान्सको सञ्चालक समितिको ३४६ औँ बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो। फाइनान्सको १८ औँ वार्षिक साधारण सभा होटल सामना, हेटौँडामा बिहान १० बजे शुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको १ बराबर १.२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने, अन्य बैंक, तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिसनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले पुस २२ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेज कार्य बन्द गर्ने भएको छ।

राष्ट्र बैंकबाट समस्याग्रस्त बाट फुकुवा भएर नयाँ नामबाट कारोबार गर्दै आएको साविक वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले अर्को समस्याग्रस्त संस्था क्रिस्टल फाइनान्सलाई आफुमा गाभ्ने सम्झौता गरेको छ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।