दुई कम्पनीको शेयरमूल्य समायोजन

Dec 26, 2019 08:24 AM Merolagani

स्पर्स लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यी दुबै कम्पनीको पुस १० गते बिहीबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

यी दुबै कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले स्पर्स (SPARS) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४९ रुपैयाँ ५६ पैसा कायम गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट १३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश गरि कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा होटल बाराही, लेकसाइड, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्वीजीसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर अथवा एक्वीजीसनपश्चात कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम भएपश्चात १० जिल्ले कार्यक्षेत्रलाई विस्तार गरी राष्ट्रियस्तरको बनाउने र सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल ८ करोड २९ लाख ६३ हजार रहेको यस लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत बोनस शेयर वितरणपश्चात ९ करोड ३७ लाख ४८ हजार पुग्नेछ।

त्यसैगरी, नेप्सेले अरुण भ्याली हाइड्रोपावर (AHPC) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ९१ रुपैयाँ ५९ पैसा कायम गरेको छ।

हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा ईन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनसपश्चात पूँजी ९९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि यी दुबै कम्पनीले पुस १० गते बुकक्लोज गरेको हो।

बिहीबार यी दुबै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।