दुई वाणिज्य बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 26, 2019 09:11 AM Merolagani

दुई वाणिज्य बैंकसहित ६ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुस १० गते बिहीबार) अन्तिम दिन हो। आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।

आरएमडिसी लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरले भोलि (पुस ११ गते, शुक्रबार) बुकक्लोज गर्नेछ। नेपाल बैंक, कृषि विकास बैंक, नेरुडे लघुवित्त विकास बैंक र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १३ गते, आइतबार बुकक्लोज गर्नेछ। यसअनुसार सो कम्पनीहरुको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।

आरएमडिसी (RMDC) ले पुस २३ गते बिहान ११ बजे अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, डिल्लीबजारमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्तको २१ औं वार्षिक साधारण सभाले कार्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको चुक्ता पूँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँको १२.५० प्रतिशत बराबरको ९ करोड ९९ लाख २४ लाख २४ हजार ८२५ रुपैयाँ बोनस शेयर र १२.५० प्रतिशत बराबरकै ९ करोड ९९ लाख २४ लाख २४ हजार ८२५ रुपैयाँ नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने विशेष एजेण्डा रहेको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि आरएमडीसीले पुस ११ गतेदेखि पुस २३ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ।

हाल ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ।

लघुवित्तको शेयर बुधबार दोस्रो बजारमा ६०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

युनाइटेड मोदी (UMHL) ले लाभांश पारित गर्ने मुख्य एजेण्डासहित पुस २४ गते साधारण सभा आह्वान गरेको छ। सो सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ।
सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको कर सहित कूल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा अन्य आयोजनामा लगानी गर्नुपरेमा छलफल गरी सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने र वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

हाइड्रोपावरको शेयर बुधबार दोस्रो बजारमा १०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

नेपाल बैंक (NBL) ले लाभांश वितरण गर्न बैंकको ६० औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले पुस २५ गते नेपाल एपिएफ क्लब, हलचोक काठमाण्डौमा साधारण सभा बोलाएको हो।

साधारण सभामा बैंकले २३ वर्षपछि लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। राष्ट्र बैंकबाट स्वीकृत भइसकेको लाभांश अब साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।

त्यस्तै सभामा अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ कायम गर्ने र सोहि अनुसार बैंककको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजाँदैछ।

हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ छ। बोनस वितरण पश्चत बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस १३ गतेदेखि बुकक्लोज गर्नेछ।
बैंकको शेयर बुधबार दोस्रो बजारमा ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा डोकेको छ। बैंकको तेह्रौँ वार्षिक साधारण सभा केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने, अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।

बैंकको शेयर बुधबार दोस्रो बजारमा ४१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) ले मर्जर र लाभांश अनुमोदन गर्ने मुख्य प्रस्ताव गरेर कम्पनीको १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले पुस २८ गते उद्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी, साधारण सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाने छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि नेरुडेले पुस १३ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्नेछ।

लघुवित्तको शेयर बुधबार दोस्रो बजारमा ५६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

विजय लघुवित्त (VLBS) ले लाभांश अनुमोदन, हकप्रद निष्काशन र मर्जरलाई मुख्य एजेण्डा राखेर पुस २९ गते संस्थाको सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

लघुवित्तको सातौं वार्षिक साधारण सभा फेमेली जक्सन क्याफे एण्ड क्याटेरिङ्ग सेन्टर काँग्रेस चोक, गैडाकोटमा बिहान ११ बजे शुरु हुनेछ।

लघुवित्तले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी, सभामा चुक्ता पूँजीको शत प्रतिशत अर्थात एक बराबर एक शेयरको अनुपातमा २२ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत लैजाने भएको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख रहेको छ। १५ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख पुग्नेछ भने हकप्रद पश्चात ४४ करोड ८० लाख रुपैयाँ पुग्नेछ। सभामा अधिकृत पूँजी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत लैजाँदैछ।

सभामा लघुवित्तले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बन्धि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १३ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।

लघुवित्तको शेयर बुधबार दोस्रो बजारमा ७१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।