सिटिजन्स बैंकले ५ वर्ष पुरानो लाभांश लिन बोलायो,१ महिनाभित्र संकलन नगरे नपाइने

Dec 26, 2019 11:14 AM Merolagani

सिटिजन्स बैंक (CZBIL) ले आफ्ना शेयरधनीहरुलाई विगत पाँच वर्ष पुरानो लाभांश संकलन गर्न बोलाएको छ। बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७१/७२ यताको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश संकलन गर्न भनेको हो।

लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले शेयर रजिष्ट्रार अर्थात बैंकको सहायक कम्पनी सि. आई बि एल एस क्यापिटल मार्फत एक महिनाभित्र लाभांश लिन सक्नेछन्। 

एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ। त्यसैले लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै (१ महिनाभित्र) लाभांश लिन बाँकी रहेका शेयरधनीलाई संकलन गर्न भनिएको छ ।

त्यसैगरी लाभांश पुर्जी लिइसकेका शेयरधनीहरुलाई समेत उक्त पुर्जी आफ्नो बैंक खातामा जम्मा गर्न आह्वान गरेको छ। 

साथै बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश समेत वितरण गर्न थालिसकेको छ।

उक्त लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा सोझौ जम्मा गर्ने भएकाले डिम्याट खाता नम्बर उपलब्ध नभएका शेयरधनीहरुले शेयर रजिस्ट्रार मार्फत शेयर डिम्याट गराउन आग्रह गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।