विद्युत बिक्री आम्दानीसँगै बढ्यो बरुण हाइड्रोपावरको नाफा

Dec 27, 2019 09:27 AM Merolagani

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले १ करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४२ लाख २९ हजार बढेको हो। कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै, अन्य खर्चहरु घटेपछि नाफा बढेको हो।

असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २४ लाख ७९ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ लाख ६३ हजार रुपैयाँ बढेको हो। कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च गत आर्थिक वर्षको तुलनामा घटेर ४२ लाख ४२ हजारमा सिमित भएको छ।

२५ करोड ५१ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २ करोड ५६ लाख ८५ हजार रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।