दुई बैंकको एक करोड १२ लाख कित्ता बोनस सूचीकृत

Dec 27, 2019 01:34 PM merolagani

नेपाल स्टक एक्सचेञ्जमा दुई वाणिज्य बैंकको झण्डै  एक करोड १२  लाख बोनस शेयर सूचीकृत भएको छ।  कुमारी बैंक र सिटिजन्स बैंकको बोनस शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो। 

कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको ८६ लाख ८५ हजार ५७३ कित्ता बोनस शेयर नेप्सेमा कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो।

त्यसैगरी सिटीजन्स बैंक (CZBIL) ले पनि गत आर्थिक वर्षको कमाइबाट वितरण गरेको १५ लाख ११ हजार ३१९ कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत गराएको हो।

उक्त बोनस शेयर शेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न पाउनेछन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।