पुनर्बीमा कम्पनीले दुई वर्षे मुद्धती निक्षेप लगानी गर्ने, वाणिज्य बैंकहरुलाई गोप्य शिलबन्दी प्रस्ताव बुझाउन आह्वान

Dec 27, 2019 01:26 PM Merolagani

नेपाल पुनर्बीमा कम्पनीले दुई वर्ष अवधिका लागि मुद्धती निक्षेप लगानी गर्न वाणिज्य बैंकहरुको खोजी गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुले पुस १७ गते बिहीबारसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो ।

कम्पनीले विभिन्न १६ बुँदामा बैंकको विवरणहरु उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्न सूचना जारी गरेको छ । यद्यपी कम्पनीले कति रकम मुद्धती लगानी गर्न चाहेको भन्ने खुलाएको छैन । मुद्धती निक्षेपमा लगानी गर्ने रकम उल्लेख गर्दा बाणिज्य बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उल्लेख नगरिएको कम्पनीले जनाएको छ ।

शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्कृष्य कर्जा, सि.डि रेसियो, तरल सम्पत्ति र स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप रुपैयाँमा, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिल्लाे पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका लगायत खुलाउनुपर्नेछ ।

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धराैटी राखी ऋण लिनुपर्ने अवस्थाको शर्त एवं सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ ।

यसरी प्रस्ताव गरिएको मुद्दती निक्षेपमा प्रदान गरिने व्याजदरको मान्य अवधि न्यूनतम १५ दिन हुनुपर्ने र वाणिज्य बैंकको न्यूनतम ८ अर्ब वा सो भन्दा बढी पूँजीकोष भएको र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।