दुई वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन

Dec 29, 2019 08:28 AM Merolagani

दुई वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यी ४ कम्पनीको पुस १३ गते आइतबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

यी ४ कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले नेपाल बैंक (NBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २७५ रुपैयाँ ६५ पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट १५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले नेपाल एपिएफ क्लब, हलचोक काठमाण्डौमा साधारण सभा बोलाएको हो।

त्यस्तै, सभामा अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ कायम गर्ने र सोहि अनुसार बैंककको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजाँदैछ।
हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ छ। बोनस वितरण पश्चत बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।

नेप्सेले कृषि विकास बैंक (ADBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९३ रुपैयाँ ४० पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने, अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सहित पुस २७ गते साधारण सभा डाकेको छ। बैंकको तेह्रौँ वार्षिक साधारण सभा केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।

नेप्सेले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४८६ रुपैयाँ ९ पैसा कायम गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्तावसहित पुस २८ गते साधारण सभा बोलाएको छ। सो सभा उद्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाने छ।

त्यसैगरी, नेप्सेले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६२३ रुपैयाँ ४८ पैसा कायम गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पुस २९ गते साधारण सभा बोलाएको छ। सो सभा फेमेली जक्सन क्याफे एण्ड क्याटेरिङ्ग सेन्टर काँग्रेस चोक, गैडाकोटमा बिहान ११ बजे शुरु हुनेछ।
सभामा चुक्ता पूँजीको शत प्रतिशत अर्थात एक बराबर एक शेयरको अनुपातमा २२ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत लैजाने भएको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख रहेको छ। १५ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख पुग्नेछ भने हकप्रद पश्चात ४४ करोड ८० लाख रुपैयाँ पुग्नेछ। सभामा अधिकृत पूँजी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत लैजाँदैछ।

सभामा लघुवित्तले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बन्धि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

आइतबार समायोजित मूल्यलाई आधार मानेर यी ४ कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।