नेपाल एग्रोको लाभांश पारित, घिमिरे र तामाङ सञ्चालक नियुक्त

Dec 29, 2019 02:53 PM Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड (NAGRO) को पुस १२ गते सिटी स्क्वायर प्रा.लि., न्यूरोड, पोखरामा सम्पन्न चौंथो वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गरेको छ। 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको अनुसारको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १ गतेदेखि १२ गतेसम्म शेयरधनी दाखिला खारेज बन्द गरेकाले उक्त लाभांश मंसिर ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेको शेयरधनीहरुले मात्र प्राप्त गर्न सक्नेछन्।

सभाले सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई सञ्चालक समेत नियुक्त गरेको छ। सभाबाट नवराज घिमिरे र गंगाप्रसाद तामाङ सञ्चालकको पदमा नियुक्त भएका हुन्।

कास्की जिल्लामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र पर्बतमा केन्द्रीय कार्यालय रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले असोज १७ गते पोखरामा आयोजित एक कार्यक्रमका बीच आपसमा गाभिनको लागि सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन्। तर, साधारण सभामा भने सो प्रस्ताव समावेश गरिएको थिएन।

४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ७४ लाख ६६ हजार रुपैयाँ बराबरको बोनस वितरणपश्चात पूँजी ५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।