एनटीसी सहित ९ कम्पनीको लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्र पाउने

Dec 30, 2019 08:29 AM Merolagani

नेपाल दूरसञ्चार कम्पनीसहित ९ कम्पनीहरुको लाभांश आज (पुस १४ गते, सोमबार) सम्म कायम शेयरधनीहरुले पाउने भएका छन्। यी ९ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (पुस १५ गते) बुकक्लोज गर्दैछन्।

एनटीसी (NTC) ले लाभांश प्रस्तावसहित पुस २९ गते बाह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रति शेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। यसका साथै, कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पूँजीमा लगानी गर्ने साथै विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर शेयरिङ्ग गर्ने प्रयोजन समेतको लागि अन्य सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

पुस १३ गते आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

फरवार्ड कम्यूनिटी (FOWAD) ले लाभांश वितरण प्रस्तावसहित पुस २९ गते सातौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सो सभा माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुहवी, सुनसरीमा बिहान साढे १० बजे शुरु हुनेछ।
सभामा माइक्रोफाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरेको ३२.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि सहित १२.५० प्रतिशत नगद लाभांश गरि कूल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले वित्तीय संस्थाको नाम परिवर्तन गर्ने, पूँजी वृद्धि गर्ने र अन्य लघुवित्तलाई गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

हाल ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको बोनश वितरणपश्चात पूँजी ५० करोड ४ लाख रुपैयाँ पुग्नेछ।

पुस १३ गते आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता एक हजार ३८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै, किसान माइक्रोफाइनान्स (KMFL) ले लाभांश वितरण तथा हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित पुस २६ गते सातौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा होटल शान्ति, लम्की, कैलालीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेका हाल कायम चुक्ता पूँजीको २३.९५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभामा माइक्रोफाइनान्सको स्तरोन्नती गरी राष्ट्रियस्तरको बनाउन मर्जर अथाव एक्वीजिशन गर्ने र सञ्चालक निर्वाचन गर्ने प्रस्ताव रहेको छ।

राष्ट्रियस्तरको बन्ने लक्ष्य सहित किसान माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नागबेली लघुवित्त एक आपसमा मर्जरमा रहेका छन्। मर्जरका कारणले अहिले तीनवटै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ।

हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड ६६ लाख ८ हजार ७७५ रुपैयाँ पुग्नेछ। शतप्रतिशत हकप्रद निष्कासनपश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड ३२ लाख १७ हजार पुग्नेछ।

मिथिला लघुवित्त (MLBBL) ले पुस २९ गते एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल राजदरबारको सभा हल, जनकपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गत असारसम्म कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसका साथै, सञ्चालक समितिमा ४ जना संस्थापक शेयरधनीहरुको समूहको प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने, चुक्ता पूँजी वृद्धि गर्ने, शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, संस्थापक शेयरधनीको शेयर सर्वसाधारण शेयर सरह धितोपत्रको दोस्रो बजारमार्फत कारोबार गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ रहेको छ। प्रस्तावित एक करोड ५८ लाख ७९ हजार २४० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ पुग्नेछ।

पुस १३ गते आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ५४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको १७३ औँ बैठकले पुस २९ गते साधारण सभा गर्ने छ।

सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकमबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपुयक्त बैंक तथा वित्तीय संस्थाको खोजी गरी मर्जर अथाव एक्वीजिशनको कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

बैंकको सो सभा होटल ओपेरा प्रा।लि।, महेन्द्रनगरमा बिहान साढे ११ बजे शुरु हुनेछ। शेयरधनी उपस्थिति हाजिर पुस्तिका बिहान ९ बजेदेखि सभा सम्पन्न नभएसम्म खुल्ला रहने बैंकले जनाएको छ।

हाल ५३ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित १० प्रतिशत बोनस पश्चात ५८ करोड ४४ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ।

आइतबार दोस्रो बजारमा विकास बैंकको शेयर प्रतिकित्ता २३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले लाभांश प्रस्ताव सहित पुस २९ गते साधारण सभा बोलाएको छ। बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कर सहित ८.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। यसका साथै, सभाले स्वतन्त्र सञ्चालक तथा सञ्चालकको नियुक्तिको जानकारी दिई अनुमोदन गर्नेछ। सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

आइतबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता १४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

मञ्जुश्री फाइनान्स (MFIL) ले पनि सोही दिन थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजे १२ औँ वार्षिक साधारण सभा डाकेको छ। सभामा फाइनान्सले १.७५ प्रतिशत बोनस र ९.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। यसका साथै, सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

आइतबार दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता १४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आईसीएफसी फाइनान्स (ICFC) ले पुस २९ गते सोह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। फाइनान्सको साधारण सभा सीएमडी फुडल्याण्डमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि सहित ८ प्रतिशत नगद लाभांश गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, फाइनान्सले सभामा गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाँदैछ।

हाल फाइनान्सको चुक्ता पूँजी ८८ करोड २१ लाख ७२ हजार रहेको छ। ४ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९२ करोड ६२ लाख ८० हजार पुग्नेछ।

आइतबार दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता १६० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

छ्याङ्दी हाइड्रोपावरले चुक्ता पूँजी २७ करोडको ५ प्रतिशत बराबरको १ करोड ३५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशतले हुन आउने ७ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा आह्वान गरेको छ।

सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ८ करोड ५० लाख ५० हजार रुपैयाँ ८ लाख ५० हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने साधारण सभाबाट प्रस्ताव अनुमोदन गराउने भएको छ।

आइतबार दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता ९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।