युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयरको बोलपत्र खुला हुँदै

Dec 30, 2019 10:21 AM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले पुस ३ गतेदेखि १० गतेसम्म बिक्री नभएर दोस्रो पटक लिलामीमा ल्याएको डेढ लाख कित्ता संस्थापक समूहको शेयरको बोलपत्र पुस १४ गते सोमबार खुला हुँदैछ।

कम्पनीले १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक शेयरको बोलपत्र एनएमबि क्यापिटल नागपोखरीमा बिहान १० बजे खुला गरिन लागेको हो।

इन्स्योरेन्सले गत मंसिर १० गतेदेखि १७ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत खरिद आह्वान गरेको १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सर्वसाधारण समूहको शेयरमध्ये संस्थापक समूहको शेयरमा आवेदन नपरेपछि पुनः लिलाम बिक्रीमा ल्याएको हो।

यसअघि इन्स्योरेन्सले विद्यमान संस्थापकहरुलाई सो संस्थापक शेयर खरिद गर्न आह्वान गरेको थियो। विद्यमान संस्थापकहरुको आवेदन नपरेपछि इन्स्योरेन्सले सर्वसाधारणमा सो शेयर बिक्री गरेको हो।

इन्स्योरेन्सले पूँजी वृद्धि गर्न गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता शेयरको अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

इन्स्योरेन्सको लिलामी शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउने व्यवस्था थियो। हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।