हिमालयन बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

Dec 30, 2019 03:53 PM Merolagani

हिमालयन बैंक (HBL) ले  साउन २ गतेदेखि भदौ २ गतेसम्म बिक्री गरेको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ को २५ लाख ६९ हजार १०४ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। 

बैंकले  पुस १४ गते  सोमबार २५ लाख ६९ हजार कित्ता ऋणपत्र सूचीकृत गरेको हो। बैंकले  साउन २ गतेदेखि भदौ २ गतेसम्म ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। 

जसमध्ये २५ लाख ६९ हजार कित्ता ऋणपत्र मात्र बिक्री भएको थियो। सोहि ऋणपत्र सोमबार दोस्रो बजारमा कारोबारको लागि सूचीकृत गराएको हो। 

सातवर्ष अवधिको उक्त ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ ऋणपत्रमा वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ।

लगानीकर्ताहरु  दोस्रो बजारमा ऋणपत्रको कारोबार नभएको भन्दै गुनासो गर्दै आएको बेला पछिल्लो समय भने कारोबार हुन थालेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।