बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
साथै, ग्राहकहरुले दुवै सुविधा एकै साथ उपभोग गर्दा १०० रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउने बैंकले जनाएको छ ।
याे योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको बैंकले जनाएको छ ।