मर्जर-प्राप्ति तथा हकप्रदबाट नामजस्तै समृद्ध बन्न खोज्दै समृद्धि फाइनान्स

Dec 31, 2019 12:53 PM Merolagani

समृद्धि फाइनान्स (SFCL) मर्जर प्राप्ति तथा हकप्रद निष्काशन गर्दै मजबुत बन्ने योजना अगाडि सारेको छ। समस्याग्रस्त संस्था क्रिष्टल फाइनान्सलाई आफूमा गाभ्ने प्रक्रियामा रहेको समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित मर्जर तथा प्राप्तिलाई जोड दिँदै साधारण सभा बोलाएको हो।

फाइनान्सले पुस २९ गते १८ औँ वार्षिक साधारण सभा होटल सामना, हेटौँडामा बिहान १० बजे बोलाएको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर १.२ अनुपातमा १२० प्रतिशत अर्थात २१ लख ८३ हजार ७६४ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ । यस्तै अन्य बैंक, तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिसनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनाको लागि फाइनान्सले पुस २२ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेज कार्य बन्द गर्ने जनाएको छ। त्यस अनुसार पुस २१ गते सोमबार सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन्।

कुनै समय आफैँ राष्ट्र बैंकबाट समस्याग्रस्त संस्था घोषित भई  गुज्रिएको समृद्धि फाइनान्स (साविक वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स) समस्याग्रस्त बाट फुकुवा भएर नयाँ नामबाट कारोबार गर्दै आएको छ। यस सस्थाले अर्को समस्याग्रस्त संस्था क्रिस्टल फाइनान्सलाई आफुमा गाभ्ने सम्झौता गरिसकेको छ।

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी २०७६ कार्तिक २५ गतेदेखि समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको थियो।

संस्थाले व्यवसाय विस्तारको लागि समेत नियामक निकायबाट स्विकृति लिई नयाँ शाखा विस्तार गर्ने योजना बनाउको छ। फाइनान्सले संस्थाको दिगो वृद्धि र लगानीकर्तालाई छिटोभन्दा छिटो उचित प्रतिफल प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ।

केन्द्रीय बैंकले २०७० वैशाख वैशाख १३ गतेबाट कम्पनीलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेर निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरेको थियो  भने २०७६ साउन ४ गते समस्याग्रस्त वित्तीय संस्थाबाट फुकुवा गरी ससर्त कारोबार गर्न अनुमति प्रदान गरेको थियो। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।