शिवश्री हाइड्रोपावरको आईपीओ प्रत्याभूति विवाद अझै सल्टिएन

Jan 01, 2020 06:50 PM Merolagani

शिवश्री हाइड्रोपावरको आईपीओको प्रत्याभूतिकर्ता र कम्पनीबीच विवादको अन्योलता अझै कायमै रहेको छ। कम्पनीको आईपीओ मंसिर २४ गते बाँडफाँड गरिएपनि प्रत्याभूतिकर्ता र कम्पनीबीच विवाद भने अझै सल्टिन सकेको छैन।

हाइड्रोपावरको आईपीओ पूर्ण बिक्री नहुँदा कम्पनी र प्रत्याभूतिकर्ताहरुबिच विवाद बढेपछि अन्योलता सिर्जना भएको थियो। कम्पनीले अत्यावश्यक जानकारी लुकाएको प्रत्याभूतिकर्ता आरोप लगाउँदै शेयर सर्कान अस्वीकार गरेपश्चात विवाद सुरु भएको थियो।

बिक्री नभएको शेयर प्रत्याभूतिकर्ताले नसकार्ने भनेपछि हाइड्रोपावरको आईपीओ बाँडफाँडमा नै अन्योलमा परेको थियो। तर, विवाद नमिलेपनि धितोपत्र बोर्डले आईपीओ बाँडफाँड गर्न निर्देशन दिएपछि गत मंसिर २४ गते बाँडफाँड गरिएको थियो।

बाँडफाँडपश्चात पनि नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावरको बिक्री नभएको शेयर सकार्न प्रत्याभूतिकर्ताहरु मुक्तिनाथ क्यापिटल, सीआईबीएल क्यापिटललाई निर्देशन दिइसकेको छ। तर, गत असार मसान्तमा आएको बाढीले आयोजनामा पु¥याएको नोक्सानीबारे कम्पनीले क्यापिटलहरुलाई कुनै औपचारिक जानकारी नदिएका कारण सो शेयर सकार्न आफूहरु बाध्य नभएको क्यापिटलहरुले बताउँदै आएका छन्।

क्यापिटलहरुले देवानी संहिता २०७४ को दफा ५३१ को उपदफा २ (ख) का कारण आफूहरु शेयर खरिद गर्न बाध्य नभएको बताउँछन्। आईपीओ निष्कासन गर्नु ७ दिनअघि प्रकाशित विवरणपत्रमा प्रत्याभूतिकर्ताहरुले कुनै सवाल नउठाएका कारण बोर्डले प्रत्याभूतिकर्ताहरुसँग थप स्पष्टीकरण मागेको थियो। क्यापिटलले बोर्डमा स्पष्टीकरण पेश गरेका थिए।

सो शेयर सकार्न बोर्डले प्रत्याभूतिकर्ताहरुलाई ८-१० दिन अघि नै निर्देशन दिएको बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए। ‘अन्डरराइटरहरुलाई ऐन अनुसार गर्न बोर्डले निर्देशन दिइसकेको छ,’ केसीले भने, ‘र क्यापिटलहरुले नियमानुसार नै कार्य गर्नेछ भन्ने बोर्डले अपेक्षा गरेको छ’।

तर उता प्रत्याभूतिकर्ताहरु भने आफ्नो अडानमा अडिग देखिएका छन्। उनीहरुका अनुसार धितोपत्र बोर्डले सर्वसाधारणमा बिक्री गरेको शेयर बाँडफाँड गर्न मात्र निर्देशन दिएको हो। प्रत्याभूतिकर्ताहरुलाई शेयर सकार्न भनेर बोर्डबाट अन्तिम पत्राचार उनिहरुकहाँ आइसकेको छैन। पूँजी बजारको सर्वोच्च निकाय नै धितोपत्र बोर्ड भएकाले न्यायोचित निर्णय आउनेमा आशावादी रहेको प्रत्याभूतिकर्ता बताउँछन्।

शिवश्रीले गत असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। तर, निष्कासन अवधिभरमा करिब ३० प्रतिशत मात्र आवेदन परेपछि बाँकी रहेको शेयर प्रत्याभूतिकर्ताहरुले सकार्नुपर्ने बाध्यता आइपरेको थियो।

कम्पनीले गत असोज १६ देखि सर्वसाधारणका लागि ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्कासन गरेको थियो। कूल शेयरमध्ये ७ लाख २० हजार कित्ताका लागि आवेदन परेको थियो। निष्कासन गरिएको कूल शेयरमध्ये २६ लाख ३० हजारभन्दा बढी शेयर बिक्री हुन बाँकी नै छ। बोर्डले निर्देशन दिएपनि अझैपनि क्यापिटले प्रत्याभूतिवापतको रकम तिरिसकेका छैनन्। यसले कम्पनीको आइपीओ बाँडफाँड भएको २३ दिन भैसकेको भएपनि नेप्सेमा सूचीकरण हुन सकेको छैन।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाले कुल लागत ४ अर्ब ९८ करोड रुपैयाँ देखाएको भए पनि गत असारमा बाढीले पुर्याएको क्षतीका कारण निर्माण अवधि लम्बिँदा लागत बढ्ने र प्रतिफल पाउन अझै समय लाग्ने देखिएको छ। आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।