दुई विकास बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन

Jan 01, 2020 08:22 AM Merolagani

दुई विकास बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यी ४ कम्पनीको पुस १६ गते बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

यी ४ कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले ज्योति विकास बैंक (JBBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १४९ रुपैयाँ ८९ पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसहित पुस २९ गते साधारण सभा बोलाएको छ। बैंकको सो सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि शुरु हुनेछ।

यसका साथै बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, म्युचुअल फण्ड स्थापना गरि कोष प्रबद्र्धकको कार्य गर्न प्रबन्धपत्र संशोधन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्दैछ।

त्यस्तै, नेप्सेले सिन्धु विकास बैंक (SINDU) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ११८ रुपैयाँ ३७ पैसा कायम गरेको छ।

बैंकले लाभांश प्रस्तावसहित पुस २९ गते दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको साधारण सभा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

हाल ५० करोड २७ हजार ३१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपश्चात ५५ करोड ७६ लाख पूँजी कायम हुनेछ ।

नेप्सेले समीट लघुवित्त (SMFDB) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४० रुपैयाँ ९० पैसा कायम गरेको छ।
लघुवित्तले लाभांश वितरण प्रस्तावसहित पुस २९ गते एघारौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा अग्रसेन भवन, बिर्तामोडमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.०९ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि १.११ प्रतिशत गरी कूल २२.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले लघुवित्तको शेयर संरचना परिवर्तन गर्ने, मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ४ करोड ४३ लाख रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ पुग्नेछ।

त्यसैगरी, नेप्सेले नेपाल सेवा लघुवित्त वित्तीय संस्था (NSEWA) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४८७ रुपैयाँ ८० पैसा कायम गरेको छ।

लघुवित्तले बोनस शेयर वितरणपश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ।

लघुवित्तको साधारण सभा पुस २९ गते इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोकमा बिहान ११ बजे शुरु हुनेछ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.१२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभामा बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने, मर्जर अथवा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको कर्पोरेट कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा स्थापना गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १५ लाख रुपैयाँ बराबरको बोनस पश्चात पूँजी ६ करोड १५ लाख रुपैयाँ पुग्नेछ।

यी चारवटै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर बुधबार शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।